नेयमारको एन्कल लिगामेन्टमा चोट, केही समय मैदान बाहिर

डिसी नेपाल
११ फागुन २०७९ ८:२४

काठमाडौं। पेरिस सेन्ट जर्मन (पीएसजी) ले फरवार्ड नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको स्थानीय अस्पतालले जनाएको छ।

पीएसजीले आइतबार लिग वानको खेलमा लिलविरुद्ध ४-३ को रोमाञ्चक जित निकाल्दा नेयमारलाई चोट लागेको थियो। सो पछि उपचार हुदाँ नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको र उनले केही समय उपचार गर्नु पर्ने पिएसजीले जानकारी दिएको छ।

दोस्रो हाफमा लिलका बेन्जामिन एन्ड्रेसँग ठोक्किँदा दाहिने एन्कलमा दबाब परेपछि उनी लडेका थिए। चोटकै कारण उनी ५१औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए।

खेलको १७औँ मिनेटमा नेयमारले पीएसजीका लागि दोस्रो गोल गरेका थिए। तर, नेयमार कति समय खेल बाहिर रहने हो ? त्यो भने पिएसजीले बताएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *