५८ औं मिनेटमा छिरेका लुकाकुले मिलानलाई दिलाए जीत
काठमाडौं। युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि-क्वाटरफाइनलको पहिलो लिगमा इटालियन क्लब इन्टर मिलानले जीत हासिल गरेको छ। घरेलु मैदानमा इन्टरले बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई १-० ले पराजित गरेको हो।
मिलानोमा बुधबार राति भएको खेलमा घरेलु टोली इन्टरले ७८औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा इन्टरले उठाउन सफल भयो। ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टो समस्यामा पर्न पुगेको थियो । जसको फाइदा इन्टरले लिन सफल भयो।
त्यसपछि निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी हुदाँ मिलानले गोल हानेकाे थियाे । उनी ५८औं मिनेटमा इडेन जेकोको स्थानमा मैदान छिरेका लुकाकुले गोल गर्दै इन्टरलाई जित दिलाए।
प्रतिक्रिया
Facebook Comment