जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिने सरकारको निर्णयप्रति ओलीको असन्तुष्टी (भिडियो)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिने सरकारको निर्णयप्रति असन्तुष्टी जनाएका छन्। बिहीबार भक्तपुरको बालकोटस्थीत आफ्नै निवासमा विश्वशान्ति प्रार्थना पुस्तक बिमोचन गर्दै ओलीले वर्तमान सरकारले जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिएको र यसलाई क्यालेण्डरमा नै समावेश गर्ने दुःखद निर्णय गरेको बताएका हुन् ।
सरकारको निर्णयले हिंसाको मानसिकता र हिंसा प्रति गर्व गर्ने मानसिकता देखिएको उनले बताए । ओलीले आफैले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि फेरी हिंसाको महिमामण्डन गर्नुको कारण आफुले पनि नबुझेको जिकिर गरे । उनले नेपाल हिंसाको पक्षमा नरहेको र नेपालभित्र आन्तरिक द्वन्द र कलह अव नेपाली जनतालाई स्वीकार्य नहुने स्पष्ट पारे।
उनले नेपालमा पहिचानको राजनीतिका नाममा भूगोल र जातीहरुकाबीच परस्परमा घृणा फैलाउने काम भएको र अहिले त्यसलाई पराजित गरेको बताए। एमाले अध्यक्ष ओलीको ७२ औं जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा बौद्ध धर्म गुरुहरुले शान्तिको प्रार्थना गरेका थिए ।
हेर्नुहोस् भिडियो:
Facebook Comment