राष्ट्रपति निर्वाचनका बारेमा ओलीको प्रतिक्रियाः माओवादीले धोका दिदैंन(भिडियो)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने दावी गरेका छन् । बिहीबार बालकोटमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रचण्डले एमालेसंग पुस १० गते नै सम्झौता गरिरहेको भन्दै अरुलाई माओवादीले समर्थन नगर्ने दावी गरका हुन् । ओलीले एमालेसंग सहमति भइसकेको अवस्थामा माओवादीले अरुसंग सम्झौता गर्न नमिल्ने जिकिर गरे ।
पुरानो गठबन्धन व्युताउने चर्चा भइरहेका बेला ओली भने सत्ता गठबन्धन नभत्किनेमा विश्वस्त देखिएका छन् ।
भिडियो:
प्रतिक्रिया
Facebook Comment