टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रुपन्देही। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका ६ का राजेन्द्र पाशी रहेका छन्। उपचारको क्रममा भिम अस्पताल भैरहवा पासीको बिहीबार राति सवा १० बजे मृत्यु भएको हो।
लु ८६ प ४०५ नम्बरको मोटरसाइकल लु ४ त ४४६५ नम्बरको ट्याक्टरको पछाडी राति साढे ९ बजे ठोकिएको थियो। ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment