विश्वकप छनोटमा सिंगापुरमाथि नेपालको सानदार जित
काठमाडौं । नेपालले आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको हो ।
जितको लागि २ सय ६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । सिंगापुरका आर्यन मोदीले ५८ रनको अर्धसतकीय पारी खेले । यस्तै सिद्धान्त श्रीकान्तले ४४ रन बनाउँदा अर्जुन नागपाल र अभुदय छाजेरले १४-१४ रन बनाए। नेपालका हेमन्त धामी र सुवास भण्डारीले २-२ विकेट लिए ।
यसअघि यूएईको अजमानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको थियो । नेपालका आकाश त्रिपाठी र विशाल विक्रम केसीले अर्धसतकीय पारी खेले । आकाशले ७८ रन बनाउँदा केसी ६३ रनमा नटआउट रहे । यस्तै अर्जुन कुमालले ३७ तथा कप्तान देव खनालले २१ रन बनाए । सिंगापुरका आर्यविर चौधरीले र अभ्युदय छाजेरले २-२ विकेट लिए ।
नेपालले शनिबार कुवेतसँग दोस्रो खेल खेल्ने छ ।
Facebook Comment