युएईमाथि नामिबियाको सहज जित, नेपालले सोझै विश्वकप छनोट खेल्न ७ खेल जित्नुपर्ने

डिसी नेपाल
१३ फागुन २०७९ २०:००

काठमाडौं। आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा युएईलाई ७ विकेटले पराजित गरेको छ।

जीतसँगै नामिबिया ३६ खेलमा ३९ अंकका साथ लिग–२ समाप्त गरेको छ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २८.२ ओभरमा ३ विकेट गुमाउँदै जीत हासिल गरेको हो। नामिबियाको जितमा माइकल भान लिंगेनले ५३ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए।

नामिबिया कै बेन सिंकोगोले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए। टांगेनी लुंगामेनी र जेरार्ड इरास्मसले २–२ विकेट लिए। लो ह्यान्डरे लरेन्सले ५९ बलमा ६ चौकासहित ४७ रन बनाउन सफल भए।

दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो। युएईका कप्तान सिपी रिजवानले १ सय ४० बलमा २ चौकासहित सर्वाधिक ६० रन बनाए।

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ। योसँगै नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न अब बाँकी ८ मध्ये ७ खेल जित्नुपर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *