केपी ओली कप: आर्मी र सातदोबाटो ५३ मिनेट पछिको भिडन्तमा
काठमाडौँ। वर्षाले रोकिएको केपी ओली कपको सेमिफाइनलको बाँकी समयको खेल आज हुदैँछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी रहदाँ मेघ गर्जनसहित पानी परे पछि त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच रोकिएको सेमीफाइनल खेल आज हुन लागेको हो ।
खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि आजसम्मका लागि खेल गरिएको थियो। आयोजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि आज ११ बजे पछि बाँकी ५३ मिनेटपछिको खेल हुनेछ।
आइतवार भएको खेलमा ५३ मिनेटसम्म कुनै टोलीवाट गोलसम्म हुन सकेको थिएन। दोस्रो सेमिफाइनलमा भने दिउँसो ३ बजे मछिन्द्र र आयोजक केपी ओली एफसीबीच हुँदैछ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागि छन्।
प्रतिक्रिया
Facebook Comment