ताल बाराही मन्दिर पुनःनिर्माणका लागि क्षमा पूजा

डिसी नेपाल
१६ फागुन २०७९ २३:०४

गण्डकी। कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवा तालको बीचमा अवस्थित ताल बाराही मन्दिरको पुनःनिर्माणका लागि प्राण प्रतिष्ठासहित क्षमा पूजा गरिएको छ।

भुईंतलासहित तीनतले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछि मन्दिर व्यवस्थापन समिति मन्दिरको पुनःनिर्माणमा जुटेको ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए।

यही फागुन १७ गतेदेखि मन्दिरमा स्थापित प्रतिमूर्तिमा भक्तजनले पूर्जा अर्चना गर्ने र नित्य पूजा मन्दिरका पुजारीले देवीको मूर्तिमा गर्ने उनले बताए।

मन्दिर पुनःनिर्माणका लागि करिब रु एक करोड ४५ लाख लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष जुना अधिकारीले जानकारी दिए। मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट रु २५ लाख सहयोगको आश्वासन आएको उनी बताउँछन्।

प्रदेश, स्थानीय सरकारसहित भक्तजनको सहयोगमा कलात्मक ढाँचामा मन्दिर निर्माण गर्ने योजना छ। फागुन अन्तिम हप्ता वडा भेला गर्ने र चैत पहिलो हप्तादेखि मन्दिर पुनःनिर्माण थालिने समितिले जनाएको छ। मन्दिर पोखराको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *