इन्दौर टेस्टमा भारत १०९ रनमै अलआउट

डिसी नेपाल
१७ फागुन २०७९ १३:१७

काठमाडौं । बोर्डर–गावस्कर सिरिजको तेस्रो टेस्टमा भारतीय टोलीले राम्रो सुरुवात गर्न सकेन । टस जितेर ब्याटिङ गरेको भारतले आफ्नो पहिलो इनिङ्समा १०९ रन मात्र बनाउन सके्यो र पूरै टिम नगण्य स्कोर बनाएर प्याभिलियन फर्किएको थियो ।

अष्ट्रेलियाका बलरको अगाडि भारतीय ब्याट्सम्यान टिक्न सकेनन् । भारतका लागि विराट कोहलीले सर्वाधिक २२ रन बनाए । शुभमन गिलले २१, भरत र उमेश यादवले १७–१७ रन बनाए ।

अष्ट्रेलियाका लागि म्याथ्यु कुह्नेम्यानले पाँच र नाथन लियोनले तीन विकेट लिए ।

इन्दौरमा खेलिएको यो तेस्रो टेष्ट खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीमा केएल राहुलको स्थानमा शुभमन गिललाई मौका दिइएको थियो

सिरिजका पहिलो दुई खेल भारतले जितेको थियो । यदि भारतले तेस्रो टेस्ट म्याच पनि जित्यो भने विश्व टेस्ट च्याम्पियनसिपमा टीम इन्डियाको स्थान पक्का हुनेछ।

पहिलो दुई टेस्टमा अस्ट्रेलियाका खेलाडीको प्रदर्शन खराब रह्यो । यस्तो अवस्थामा तेस्रो टेस्टमा अष्ट्रेलियाका खेलाडीहरू जितसँगै सिरिजमा फर्कने प्रयासमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *