अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश

डिसी नेपाल
२० फागुन २०७९ ११:१६

काठमाडौं । इन्दौर टेस्टमा भारतलाई हराउँदै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लण्डनको ओभलमा हुनेछ ।

खेलमा दोस्रो टोली कुन हुने भन्ने टुंगो भारत र अष्ट्रेलियाबीचको चौथो टेष्ट खेलपछि हुनेछ । फाइनलमा स्थान बनाउन भारतलाई चौथो टेष्ट खेल जित्नै पर्ने हुन्छ ।

यदि भारतले यो खेल जित्न सकेन भने फाइनल पुग्ने दोस्रो टोलीको निर्णय न्युजिल्यान्ड र श्रीलंकाको टेष्ट सिरिजपछि लिइनेछ ।

श्रीलंकाले यसै महिना न्यूजिल्याण्डमा दुई टेस्टको सिरिज खेल्नुपर्नेछ ।

भारत फाइनलमा नपुगेको खण्डमा श्रीलंकाले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न न्युजिल्यान्डलाई २–० ले हराउनुपर्नेछ ।

बोर्डर–गावस्कर ट्रफीको तेस्रो टेष्ट खेलमा अस्ट्रेलियाले भारतलाई ९ विकेटले पराजित गरेको छ ।

टेस्ट सिरिजमा भारतीय टोली २–१ ले अगाडि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *