क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने – आम चुनावमा चीनको हस्तक्षेपबारे छानबिन गरिनेछ

डिसी नेपाल
२३ फागुन २०७९ १२:३१

का!माडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हालैको निर्वाचनमा कथित रूपमा चिनियाँ हस्तक्षेपको स्वतन्त्र छानबिन गरिने बताएका छन् ।

यसका लागि नियुक्त अन्वेषकहरूले २०१९ र २०२१ को आम निर्वाचनसँग सम्बन्धित गोप्य प्रतिवेदनहरूको समीक्षा गरी आगामी निर्वाचनका लागि सुझाव दिनेछन्।

क्यानडाका विपक्षी दलहरूले यस विषयमा सार्वजनिक छानबिनको माग गरिरहेका थिए।

यद्यपि, चीनले चुनावमा कुनै पनि हस्तक्षेपको खण्डन गरेको छ र यी दाबीहरूलाई पूर्णतया निराधार र अपमानजनक भनेको छ।

सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रुडोले क्यानडाको ‘सार्वभौमसत्ता’ लाई चुनौती दिने रिपोर्टहरू स्तब्ध पार्ने खालका र क्यानाडालीहरूका रूपमा हामीमाथि आक्रमण भएको बताए।

ट्रुडोले भने कि क्यानडाले लामो समयदेखि चुनावमा हस्तक्षेप गर्ने चीन, इरान र रुसले गरेको प्रयास बारे सचेत छौं र यो कुनै नयाँ समस्या होइन।

उनले भने, ‘म एक विशेष स्वतन्त्र अनुसन्धानकर्ता नियुक्त गर्न लागेको छु जसलाई बहुसंख्यक जनताको समर्थन हुनेछ र जसले हस्तक्षेपलाई सम्बोधन गर्न र लोकतन्त्रलाई सुदृढ गर्न सुझाव दिनेछ ।’

अन्वेषक नियुक्त भइसकेको छैन, तर आगामी दिनमा स्वतन्त्र अन्वेषक छनोट गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *