शंखध्वनिका साथ फागु पूर्णिमाको शुभारंम्भ, होलीमा नयाँ आयाम

जिलोङ। दिदी-बहिनी समाज जिलोङ युनिटले शंखध्वनिका साथ फागु पूर्णिमाको शुभारंम्भ गरेर फागु पूर्णिमालाई नयाँँ रुप दिएको छ। लुम्विनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले शंख तीन पटक फुकेपछि फागु पूर्णिमाको शुभारंम्भ गरिएको थियो।
त्यस अघि नेपाल सरकार खानेपानी मन्त्रालय, ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समिति (फनडबोर्ड) का पूर्व कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले अहंकार र पापाचारले उन्मत्त दैत्यराज हिरन्यकशिपुले भगवानभक्त प्रल्हादलाई परम शत्रु देख्न थाल्नाले उनलाई मार्ने योजनानुरुप उनकी बहिनी होलिकाले अग्निको तापले नछुने बरदान पाएकी कारण हिरन्यकशिपुलाई साथ दिँदै बालक प्रल्हादलाई लिएर अग्निकुन्डमा प्रबेश गर्दा पाप बृत्तिकी प्रतिक होलिकाको शरीर दहन भएको तर बालक प्रल्हाद सकुशल रहेको खुशीयाली साट्न होली पर्व मनाउने चलन चलेको प्रसंग उल्लेख गरे।
फागु पूर्णिमाको शुभारंम्भ गरिनु अघि ६ बर्षिया इभा क्षेत्रीले “आँखामा गाजल” गीतमा नेपाली भेषभुषामा सुन्दर नृत्य प्रदर्शन गरेपश्चात बिगतका कार्यक्रममा बिजयी बनेका बालबालिकाहरुलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा ग्रेटर नेपाली समाजका अध्यक्ष डा सन्तोष पाण्डे, दिदी-बहिनी समाज जिलोङ युनिटका संयोजक रेनु लम्साल लगायत संपूर्ण पदाधिकारीहरुको उपस्थिति थियो।
कृति उप्रेती सुवेदीले सन्चालन गरेको सयजनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमको लागि आबस्यक फलफूल Oz Fruits and Vegetables Market Geelong ले उपलब्ध गराएको थियो भने खानाको नि:शुल्क बन्दोबस्त निम्तो क्याटरिङ्गको तर्फबाट अन्जली अर्याल र भुवन न्यौपानेले गरेका थिए।
Facebook Comment