एकदिवसीय क्रिकेटमा हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बने आसिफ शेख
काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत पपुवा न्यु गिनीविरुद्धको आज जारी खेलमा नेपाली टिमका ओपनर आसिफ शेखले आफ्नो एकदिवसीय करिअरको एक हजार रन पूरा गरेका छन् ।
यससँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । उनीभन्दा अगाडि केही दिन पहिले मात्र कप्तान रोहित पौडेलले यही सिरिजको खेलमा किर्तिपुर मैदानमै नामिबियाविरुद्ध १ हजार रन पूरा गरेका थिए ।
यी २ खेलाडिपछि एकदिवसीयमा सबैभन्दा धेरै रन ज्ञानेन्द्र मल्लले बनाएका छन् । आजको खेलमा आउट भइसकेका ज्ञानेन्द्रले ८५६ रन बनाएका छन् ।
आजको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । ३३ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा १७५ रन बनाएको छ । आसिफ शेख ९२ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया
Facebook Comment