गौतम गम्भीर र शाहिद अफ्रिदीले हात मिलाएको तस्विरमा किन यति धेरै चर्चा ?
काठमाडौं । तेस्रो लेजेन्ड्स लिग क्रिकेट शुक्रबार दोहामा सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल गौतम गम्भीरको भारत महाराजा र पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको एसिया लायन्सबीच भएको थियो ।
यस खेलमा गौतम गम्भीरको टोली ९ रनले पराजित भएपनि सामाजिक सञ्जालमा उनको र शाहिद अफ्रिदीको तस्विरको चर्चा खेलको नतिजाभन्दा बढी भइरहेको छ ।
यो तस्बिर टसको समयमा हात मिलाउँदै गरेको शाहिद अफ्रिदी र गौतम गम्भीरको हो । तस्बिरमा अफ्रिदी मुस्कुराउँदै हात मिलाउँदै छन् भने गौतम गंभीरको अनुहार अलि बिग्रिएको देखिन्छ।
यो तस्विरको यसकारण चर्चा भइरहेको छ किनकी गम्भीर र अफ्रिदी सन्यास अघि खेलको क्रममा मैदानमा धेरै पटक बहसमा परेका छन् । यो तस्विरलाई लिएर मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।
एलएलसी लिगको तेस्रो टोली अष्ट्रेलियाका पूर्व खेलाडी आरोन फिन्चको टोली हो । यस लिगको फाइनल खेल २० मार्चमा हुनेछ ।
Facebook Comment