संकटमा नेपाल, तीन विकेट गुम्यो

डिसी नेपाल
२८ फागुन २०७९ १०:०४

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग खेलिरहेको नेपालले खराब सुरुवात गरेको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले पहिलो पावरप्ले नसकिँदै तीन विकेट गुमाएको छ । दोस्रो ओभरमा ओपनर आसिफ शेखलाई शून्य रनमा आउट भए भने पाचौँ ओभरमा कुशल भुर्तेल पनि ८ रन बनाएर आउट भए । यस्तै कुशल मल्ल आठौँ ओभरमा ९ रन बनाएर आउट भए । उनी जुनैद सिद्धिकीको बलमा मुहम्मद वासिमको हातबाट क्याच भए ।

नेपालले ८ ओभर सकिँदा ३ विकेट गमाएर २६ रन बनाएको छ । अहिले क्रिजमा कप्तान रोहित कुमार पौडेल र भीम शार्की रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *