पिएनजी ९५ मा अलआउट, सन्दीप लामिछानेको ५ विकेट
काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा नेपालले पपुआ न्यू गिनीलाई ९५ रनमा अलआउट गरेको छ । यससँगै नेपालले अब जित्नका लागि ९६ रन बनाउनुपर्नेछ ।
टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीलाई नेपालले ३२ ओभरमा ९५ रनको स्कोरमा अलआउट गरेको हो । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडनसहित २५ रन खर्चिए । ललित राजवंशीले २, कुशल मल्लले २ र सोमपाल कामीले १ विकेट लिए ।
पिएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । सेसे बाउले १८, चार्ल्स अमिनीले १६, हिरी हिरीले १४ रन बनाए । अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले अब केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
प्रतिक्रिया
Facebook Comment