मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा
![मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा](https://www.dcnepal.com/wp-content/uploads/2023/03/andolan.jpg)
काठमाडौं। सरकारले मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि किसानसँग सम्बन्धित् संघ, संगठनले आन्दोलनको घोषणा गरेका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राप्रपा निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन्।
आन्दोलनका कार्यक्रममा ३ चैतमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि धर्ना, जुलुस, चक्काजामसम्म रहेका छन्। गत २६ फागुनमा सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया
Facebook Comment