वेस्ट बैंकमा इजरायली आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु

डिसी नेपाल
४ चैत २०७९ १०:५९

काठमाडौं । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर जेनिनमा छापा मार्दा चार प्यालेस्टाइनीको हत्या गरेको छ। प्यालेस्टाइन अधिकारीहरूले यसबारे जानकारी दिएका छन्।

इजरायली सेनाले मारिएका मध्ये दुई जना “आतंकवादी गतिविधि” को लागि खोजिमा रहेको र एक व्यक्तिले आक्रमण गर्ने प्रयास गरेको बताएको छ। सो क्रममा गोलीबारी पनि भएको थियो ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा एक १६ वर्षीय बालक पनि रहेका छन् ।

सोही क्रममा आक्रमणमा परी २० प्यालेस्टाइनी घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर छ ।

वेस्ट बैंकमा इजरायलको क्र्याकडाउन यस वर्षको सुरुदेखि इजरायलीहरूमाथि प्यालेस्टिनी आक्रमणहरू बढ्दै गएपछि थप घातक भएको छ। यस क्रममा आक्रमणकारी र आम नागरिक दुवैको मृत्यु भएको छ ।

इजरायली सेनाको कारबाहीमा ८० चरमपन्थी र सर्वसाधारण मारिएका छन् भने इजरायलमा प्यालेस्टिनी आक्रमणमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ ।

जेनिनमा छापा मार्ने क्रममा बिहीबार दिउँसो इजरायल डिफेन्स फोर्स (आईडीएफ), शिन बेट सुरक्षा सेवा र सीमा पुलिसका विशेष बलहरू सहरमा आइपुगे।

“उनीहरूले ढोका खोले र तिनीहरूमध्ये एकले निदाल खाजेमको टाउकोमा गोली हाने,” अहमद खलाफले रोयटर्स समाचार एजेन्सीलाई भने। अल-कसाम ब्रिगेड्स (हमास मिलिटरी युनिट) का हाम्रा भाइ युसुफ श्रिम (हमास मिलिटरी युनिट) ले भाग्ने प्रयास गरे, तर विशेष बलहरूले उनको पछि दौडे र सडकमा गोली हाने। १६ वर्षीय बालकको मृत्यु भएको छ । उनी यसमा संलग्न थिएनन् ।

आइडीएफले खजेम र अर्का चरमपन्थी युसुफ अबु अश्रिन “महत्वपूर्ण आतंकवादी गतिविधि” मा संलग्न रहेको आरोप लगाएको छ। उनीहरुलाई छापा मारेर निशाना बनाइएको थियो । युसुफ अबु अश्रिन र युसुफ श्रीम एउटै व्यक्ति हुन् वा होइनन् भन्ने स्पष्ट छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *