उपत्यकाको क्याम्पसमा उत्साहपूर्ण मतदान (फोटो फिचर)

डिसी नेपाल
५ चैत २०७९ १०:४८

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित शंखरदेव क्याम्पस र नेपाल ल क्याम्पस लगायत अन्य क्याम्पसमा पनि मतदान भइरहेको छ।

उम्मेदवार र उम्मेदवारका समर्थक आफ्नो पक्षलाई मत मागिरहेका छन्। विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर मत मागिरहेका छन्।

देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ। २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *