नवयुगको गाेलमा नेपाल २–०ले अगाडी
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आज नेपालले लाओससँग २–०को अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि नवयुग श्रेष्ठले दोस्रो गोल गरेका हुन् ।
खेलको ५६ औँ मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २–०को अग्रता दिलाएका हुन् । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गरेका हुन् । एरिक विष्टको कर्नरमा अनन्तले खेलको ३० औँ मिनेटमा हेडरमार्फत गोल गरेका हुन् ।
प्रतिक्रिया
Facebook Comment