एसिया कप पाकिस्तानमै हुने तर भारत पाकिस्तान नजाने, नेपाल पनि प्रतियोगिता खेल्ने दावेदार
काठमाडौं । यस वर्ष पाकिस्तानले आयोजना गर्ने एसिया कपको मुद्दा समाधान हुने दिशामा देखिएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एसिया कप आफ्नो देशमा आयोजना गर्ने र प्रतियोगितामा भारतीय टोलीलाई पनि खेलाउने नयाँ योजना बनाएको छ । यो योजना अनुसार भारतीय टोलीले प्रतियोगिता खेल्न पाकिस्तान जानु पर्दैन ।
वास्तवमा एसिया कप २०२३ को सिजन पाकिस्तानमा नै गर्न सकिन्छ । जबकि भारतीय टोलीले अन्य देशमा आफ्नो खेल खेल्नेछ। एसिया कप आयोजना गर्न पीसीबीले यो उपाय खोजेको छ । भारतीय टोलीले युएई, ओमान, श्रीलंका वा इङ्ल्यान्डमध्ये कुनै एक देशमा आफ्नो खेल खेल्न सक्नेछ।
एसिया कपमा भारतीय टोलीको खेल हुने स्थान भने तय भएको छैन । इएसपीएन क्रिकइन्फोले आफ्नो रिपोर्टमा यो सम्पूर्ण योजनाको बारेमा जानकारी दिएको छ। भारतीय टोलीको खेल हुने स्थान तोक्न त्यस देशको मौसमलाई विशेष ध्यान दिइनेछ ।
एसिया कप यस वर्ष सेप्टेम्बरमा खेलिनेछ । यस्तो अवस्थामा युएईमा सेप्टेम्बरको सुरुमा तापक्रम सामान्यतया ४० डिग्री सेन्टिग्रेडको आसपास रहन्छ। तर, यस्तो अवस्थामा पनि त्यहाँ क्रिकेट उत्तिकै खेलिन्छ ।
आईपीएल २०२१ सिजन पनि सेप्टेम्बरको अन्त्यमा यहाँ खेलिएको थियो। २०२१ को टी-२० विश्वकपको पहिलो चरणका केही खेलहरू ओमानको राजधानी मस्कटमा पनि भएका छन्। इंग्ल्याण्ड पनि राम्रो विकल्प हुन सक्छ।
एसिया कपमा यस पटक जम्मा १३ खेल हुनेछन् । यसपटक पनि एसिया कपमा ६ टोलीको मात्रै सहभागिता रहनेछ । यी टोलीमा भारत, पाकिस्तान, साविक विजेता श्रीलंका, अफगानिस्तान, बंगलादेश र एक छनोट हुने टोली हुनेछन् । यी सबै टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूह चरणमा ६ टोलीबीच जम्मा ६ खेल हुनेछन् ।
यसपछि दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलका लागि छनोट हुनेछन् । सेमिफाइनलमा ४ टोलीबीच राउण्ड रोबिन प्रणालीमा कुल ६ खेल हुनेछन् । यसपछि दुई टोली फाइनलमा पुग्नेछन् र उनीहरुबीच उपाधिको खेल हुनेछ । यसरी एसिया कप २०२३ मा फाइनलसहित कुल १३ खेल खेलिने छन् ।
यसपटक भारत र पाकिस्तान एउटै समूहमा छन् । यो समूहको तेस्रो टोली क्वालिफायर राउण्डबाट पुग्नेछ। दोस्रो समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहनेछन् । यसपटक पनि प्रतियोगितामा भारत र पाकिस्तानबीच कम्तिमा तीन खेल हुने सम्भावना छ ।
यो एसिया कपको छनोट यही बैशाखमा नेपालमा हुँदैछ । यो छनोटमा विजेता बन्न सकेमा नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । छनोट खेलहरू काठमाडौंमा किर्तिपुर मैदान र मुलपानी मैदानमा आगामी बैशाख ५ गतेदेखि हुनेछ ।
एसिया कप छनोट प्रतियोगिताको रुपमा खेलिने एसीसी प्रिमियर कपमा १० टोली छन् । यी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित साउदी अरेबिया ओमन, कतार र मलेसिया छन् । समूह बी मा युएइ, कुवेत, सिंगापुर, हङकङ र बहराइन छन् ।
समूह चरणको खेलबाट दुवै समूहबाट २-२ टोली गरि ४ टोली नकआउट चरण जानेछन् । त्यसपछि सेमिफाइनल हुनेछ । सेमिफाइनल जित्ने टोली फाइनल खेल्नेछन् भने हार्ने टोली तेस्रो स्थानको लागि खेल्नेछन् । फाइनल जित्ने टोली एसिया कपमा भारत र पाकिस्तान भएको समूहमा तेस्रो टोलीको रुपमा छनोट हुनेछ ।
Facebook Comment