भ्वाइस किड्सको ब्लाइन्ड राउण्डमा जजहरूको चारवटै कुर्सी घुमाउन सफल भए अनुकुल निरौला
काठमाडौं। नेपालको लोकप्रीय रियालीटी शो द भ्वाइस किड्सको ब्लाइन्ड राउण्डमा झापाका अनुकुल निरौलाले चारवटै जजहरूको कुर्सी घुमाउन सफल भएका छन्।
झापा बिर्तामोड-१ स्थायी ठेगाना भएका १३ बर्षीय निरौलाको सुमधुर स्वरको गायकीलाई चारै जना जजहरूले प्रशंसा गरेका थिए।
झापाको सेन्ट जेभियर स्कुल देउनियामा कक्षा आठमा अध्ययनरत निरौला स्कुलको गायन प्रतिस्पर्धामा पनि दुई पटक बिजेता बनेका थिए।
उनी बिगत तिन बर्षदेखी गुरू दिपक रायमाझी सँग सरगम सङ्गितालयमा सङ्गित सिक्दैछन्। झापाको स्थानीय स्तरमा हुने विभिन्न कार्यक्रमका स्टेजहरुमा गाउदै आएका निरौलाको क्लासिकल गितहरुमा बिशेष लगाव रहेको छ।
उनले कोच प्रमोद लाई छनोट गरेका छन्। अब उनले टिम प्रमोदबाट ब्याटल राउण्डमा प्रस्तुती दिनेछन्।
प्रतिक्रिया
Facebook Comment