त्रिपुरेश्वरस्थित रंगशालामा नेपाल–भियतनामबिच महिला फुटबल हुदैँ
काठमाडौँ। पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल– भियतनाम बिच खेल हुदैँछ। आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीचको खेल हुन लागेको हो।
पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन्। प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका छन्।
नेपालले दोस्रो खेलमा भियतनामसँग नै शनिबार प्रतिस्पर्धा गर्ने तालिका छ। छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छ। फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा छ।
प्रतिक्रिया
Facebook Comment