बेलायती-पाकिस्तानी पुरुषहरूबारे बेलायती गृहमन्त्रीको टिप्पणीबाट पाकिस्तान आक्रोशित

काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ कि बेलायती गृह सचिव सुएला ब्रेभरम्यानले पाकिस्तानी पुरुषहरूबारे गरेको टिप्पणीले “ब्रिटिश-पाकिस्तानीहरूलाई फरक व्यवहार गर्ने मनसायलाई संकेत गर्दै भ्रामक तस्वीर” चित्रण गरेको छ।
यसअघि सुएला ब्रेभरम्यानले एक अन्तर्वार्तामा बाल यौन दुर्व्यवहारको बारेमा चर्चा गर्दै बेलायती-पाकिस्तानी पुरुषहरूको ब्रिटिश मूल्यमान्यतासँग पूर्णतया फरक सांस्कृतिक दृष्टिकोण रहेको बताइन्।
ब्रेभरम्यानले भनिन्, “ब्रिटिश पाकिस्तानी पुरुषहरूले महिलाहरूलाई तुच्छ रूपमा हेर्छन् र हाम्रो जीवन शैलीलाई पुरानो जमानाको दृष्टिकोण राख्छन्।”
स्काई न्यूजसँग कुरा गर्दै, ब्रेभरम्यानले भनिन्: “कहिले हेरचाहको खोजीमा, कहिले समस्याले गेरिएका गोरा बेलायती केटीहरूलाई पाकिस्तानी मूलका ब्रिटिश पुरुषहरूको गिरोहले बलात्कार गर्छन् । लागूपदार्थ दिन्छन् र हानी गर्छन् । यी मानिसहरू बाल दुर्व्यवहार गिरोहहरूमा काम गर्छन्।”
बेलायती गृह सचिवको यस टिप्पणीलाई लिएर साप्ताहिक प्रेस ब्रिफिङका क्रममा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले भनिन्, “उनले केही व्यक्तिको आपराधिक मानसिकतालाई सम्पूर्ण समुदायसँग गलत रूपमा जोडिन्।”
प्रवक्ताले यो पनि भनिन् कि बेलायती गृहमन्त्रीले बेलायती समाजमा पाकिस्तानीहरूले निरन्तर दिइरहेको सांस्कृतिक, राजनीतिक र आर्थिक सहयोगको उल्लेख गर्न बिर्सिइन् ।
Facebook Comment