वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता {भिडियो}
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकताको घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका शीर्ष नेताहरुले पार्टी एकताको घोषाण गरेका हुन् ।
आगामी मई दिवसका अवसरमा पार्टीको नयाँ नाम र दृष्टिकोण सार्वजनिक गर्ने दुई पार्टीले जनाएका छन् । पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव बैद्यले नेपालको सामाजिक क्रान्तिका साथ जनताका ज्वलन्त समस्या समाधानका र सामन्तवादका अवेशषहरुलाई अन्त्य गर्नका लागि अघि बढ्ने बताए। उनले अन्य कम्युनिष्ट घटकहरुलाई पनि एक ठाँउमा ल्याउनका लागि छलफल भइरहेको धारणा राखेका छन्।
त्यस्तै नेकपा बहुमतका संयोजक बास्तोलाले देशको समस्या समाधानका लागि एकतावद्ध भएर अघि बढ्ने बताए । आगामी मइ दिवसको दिनमा पार्टीको नाम घोषणा हुने उनले जानकारी दिए। उनले नयाँ जनवाद आधारभूत कार्यक्रमका साथ पार्टी अघि बढ्ने बास्तोलाले बताए । परिवर्तनका लागि क्रान्ति गर्नका लागि अव अघि बढ्ने उनले बताए। उनले बिगतमा भएका फुट र त्यसपछिको एकताका बिषयमा गहन ढंगले छलफल भइरहेको बास्तोलाले बताएका छन् ।
हेनुहोस् भिडियो:
Facebook Comment