बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने

डिसी नेपाल
३० चैत २०७९ १५:२०

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार वैशाख महिनाका लागि ब्याज दर एकल अंकमा झारिएको छ ।

नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर ९।९९ प्रतिशत, संस्थागत निक्षेपमा ७।९९ प्रतिशत कायम गरिएको छ ।

वैशाखबाट बैंक तथा वित्तीय संस्थाले साधारण बचतमा न्यूनतम ५।४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । निक्षेपको ब्याजदर घटाइएकाले अब कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्नेछ ।

उक्त ब्याजदर १ वैशाख शुक्रबारबाट लागु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *