मार्टिन्सको गोलमा थ्री स्टारले पुलिसलाई हरायो

डिसी नेपाल
३० चैत २०७९ १६:२७

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले चौंथो जित निकालेको हो ।

थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । मार्टिन्सले ६५ औं मिनेटमा अशोक खवासको पासमा गोल गरे । जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेको छ । पुलिसको यो छैटौं हार हो । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *