ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको दाबी

डिसी नेपाल
१ वैशाख २०८० १२:२४

प्योङयाङ। उत्तर कोरियाले बिहीबार ठोस इन्धनयुक्त अन्तरमहाद्विपीय क्षेप्यास्त्र (आइसिबिएम) प्रक्षेपण गरेको दाबी गरेको छ।

उक्त क्षेप्यास्त्र हालसम्म गरिएका प्रक्षेपणभन्दा सबैभन्दा शक्तिशाली हो। प्रक्षेपणलाई चमत्कारिक सफलता भन्दै उत्तर कोरियाली सञ्चारमाध्यमले त्यसको स्वागत गरेका छन्।

ठोस इन्धन क्षेप्यास्त्रहरू तरल इन्धनबाट सञ्चालित क्षेप्यास्त्र शीघ्र प्रहार गर्न सकिन्छ भने त्यसलाई रोक्न कठिन हुन्छ। यद्यपि विश्लेषकहरूले उक्त क्षेप्यास्त्रका नकारात्मक पक्ष पनि भएका बताएका छन्।

दक्षिण कोरियाले भने उत्तरलाई पूर्ण रुपमा सञ्चालन हुने ठोस इन्धनयुक्त आइसिबीएम विकास गर्न थप समय लाग्ने बताएको छ। वर्षौँको अथक प्रयासपछि उत्तरले छोटो दूरीमा मार हान्नसक्ने ठोस इन्धनयुक्त क्षेप्यास्त्र परीक्षण गरेपछि लामो दूरीमा प्रहार गर्नसक्ने आइसिबीएम पहिलोपटक हिजो परीक्षण गरेको हो।

लामोसमयसम्म तरल इन्धनयुक्त क्षेप्यास्त्र परीक्षण गरेको उत्तरले लामो धेरै लामो समयसम्म सञ्चालन गर्न नसकिने क्षेप्यास्त्रको सट्टा ठोस इन्धनबाट सञ्चालन हुने शक्तिशाली आइसिबीएम प्रक्षेपण गरेको हो।

विज्ञहरूका अनुसार हिजोको परीक्षण प्योङयाङको हतियार विकास कार्यक्रममा एउटा प्रमुख सफलता हो। यो परीक्षणबाट प्योङयाङले अमेरिकालाई कुनै चेतावनी बिना नै आक्रमण गर्न सक्षम बनाएको छ। हिजो गरिएको परीक्षण ह्वासोङ–१८ हो। यसले उत्तरको आक्रमक सैन्य रणनीतिलाई प्रतिबिम्बित गर्ने उनीहरू बताउँछन्।

ठोस इन्धनबाट सञ्चालन गर्न सकिने उक्त क्षेप्यास्त्र भण्डारण तथा ढुवानी गर्न सहज हुनका साथै प्रक्षेपणको तयारी चाँडै गर्न सकिन्छ। यसलाई जमिन वा पनडुब्बीबाट प्रक्षेपण गर्न सकिन्छ। विज्ञहरूले अझ शाक्तिशाली नयाँ क्षेप्यास्त्र उत्तर कोरियाले प्रक्षेपण गर्नसक्ने बताउँदै त्यसबाट अचम्भित हुनुनपर्ने बताएका छन्।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले ठोस आइसिबीएम नयाँ प्रविधि नभएको जनाउँदै हिजो उत्तरले गरेको परीक्षण आइसिबीएम प्रणाली विकासमा मध्यम श्रेणीको भएको बताएको छ।

यद्यपि हिजोको परीक्षणले उत्तर कोरियाका प्रतिद्वन्द्वीलाई डर र चिन्ताले ग्रस्त पारेको छ। उत्तर कोरियाली नेता किम जोङ उनले हिजो आफ्नी छोरी, श्रीमती र बहिनीसँगै प्रक्षेपणको अवलोकन गरेका थिए।

प्योङयाङको उक्त परीक्षणबाट जापानको उत्तरी होक्काइडोमा त्रासको वातावरण छाएको थियो। बिहीबार बिहानै जापानले छोटो सूचना जारी गरेर सतर्क रहन चेतावनी दिएको थियो ।

सूचना जारी गरेको आधा घण्टापछि क्षेप्यास्त्र आफ्नो क्षेत्रभित्र नपरेको र त्यहाँका बासिन्दालाई कुनै जोखिम नरहेको बताएको थियो। त्यहाँका विद्यालयहरूमा पठनपाठन ढिलो शुरु भयोभने केही रेल सेवा बन्द गरिएको थियो।

अमेरिका , जापान र दक्षिण कोरियाले उत्तर कोरियाली कदमको निन्दा गर्दै उसले प्रतिबन्धित क्षेप्यास्त्र परीक्षणको आरोप लगाएको छ। कोरियाली प्रायद्वीपमा तनाव बढाउने मुख्य दोष अमेरिकामाथि लगाउँदै चीनले हालै भएको अमेरिकी र कोरियाली सेनाको संयुक्त अभ्यास हो भनेको छ। साथै बेइजिङले सबै पक्षलाई शान्त एवम् संयमित हुन आह्वान गरेको छ।

उत्तर कोरियाली नेता किम जोङ अनले केही दिनअघि युद्धस्तरमा हतियार विकास गर्न र आफ्नो क्षमता बढाउन सेनाका उच्च अधिकारीलाई निर्देशन दिएका थिए। नेता किमले युद्ध प्रतिरोधमा अझ बढी व्यावहारिक र आक्रामक तरिका अपनाउन आदेश दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *