चीनमा पहेँलो धुलोले विनाश मच्चायो, धुलोको आँधी दक्षिण कोरियासम्म पुग्यो

डिसी नेपाल
२ वैशाख २०८० १०:१२

काठमाडौं । चीनको पहेंलो धुलोका कारण राजधानी बेइजिङ प्रदुषणको चपेटामा परेको छ । शुक्रबार बेइजिङको आकाश पहेँलो धुलोका कारण पूर्णतया पहेँलो भएको छ र वायु प्रदुषण अधिकतम स्तरमा पुगेको छ ।

हावाहुरीसँगै धूलो र बालुवाका कण महानगरभर फैलिएको छ । चीनको उत्तरी क्षेत्रबाट आएको तेज हावाका कारण प्रदूषण अझै बढेको छ । जसका कारण बेइजिङको वायु गुणस्तर सूचकांक ३२४ पुगेको छ ।

पहेँलो धुलो यति छिटो फैलिएको छ कि सहरका केही क्षेत्रमा वायुको गुणस्तर सूचकांक १३०० पुगेको छ । चीनको मंगोलिया र भित्री मङ्गोलिया क्षेत्रबाट निस्किएको धुलोको मुस्लोले अहिले दक्षिण कोरियालाई पनि ढाकेको छ ।

राजधानी सियोलमा यसबाट बच्न मानिसहरू मास्क लगाएर टाउको छोप्ने ज्याकेट लगाएका थिए। उत्तर एसियामा चीन र मंगोलियाको सिमानामा रहेको गोबी मरुभूमिबाट यस प्रकारको धुलोको आँधी प्रायः आउने गर्छ।

तर यसपटक यो आँधी कोरिया प्रायद्वीप र जापानसम्म पुगेको देखिएको छ । चीनमा पहेँलो धुलोका कारण मानिसमा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *