सेती खोँचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार

कास्की। पोखराको सेती नदीको खोँचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ।
शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको हो। पोखरा ८ नागढुंगा बस्ने स्मृतीसहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए।
पोखरा १५ मा रहेको हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोँचमा खसेकी उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।
प्रतिक्रिया
Facebook Comment