मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास

डिसी नेपाल
२ वैशाख २०८० २२:२४

बार्सिलोना । बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेसी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताएका छन्।

स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास गरिरहेको छ भने सन् २०२१ देखि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दै आएका अर्जेन्टिनी खेलाडी पनि क्याम्प नोउ फर्कन आतुर भएको बताउँदै आइएको छ ।

लेवान्डोस्कीले मेसीसँग अर्को सत्र बार्सिलोनामा खेल्ने आशा व्यक्त गरेका छन् । उनले भने “यदि उहाँ (मेस्सी) फर्कनुहुन्छ भने यो अचम्मको कुरा हुनेछैन । बार्सिलोना उहाँको स्थान हो । के हुन्छ मलाई थाहा छैन तर मलाई आशा छ अर्को सत्र हामी सँगै खेल्नेछौं ।”

यो सत्रको २८ खेलपछि रियल मड्रिडमाथि १३ अंकको अग्रता बनाएको बार्सिलोना ला लिगाको उपाधि जित्ने बाटोमा छ । “बार्सिलोनाले पछिल्ला केही वर्षयता ला लिगा को उपाधि जित्न सकेको छैन, तर अहिले हामी राम्रो स्थितिमा छौं । यदि हामीले त्यसो ग¥्यौं भने धेरै खेलाडीमा ठूलो आत्मविश्वास हुनेछ,” उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *