आईपीएल : पञ्जाबसँग लखनउ २ विकेटले पराजित

डिसी नेपाल
३ वैशाख २०८० ७:५५

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससँग लखनउ सुपर जायन्ट्स २ विकेटले पराजित भएको छ।

लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍याे। सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो। राजा म्यान अफ दि म्याच बने। उनले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे। माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे।

लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए। यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो।

लखनउका लागि कप्तान केएल राहुलले ७४ रन र कायल मेयर्सले २९ रन जोडे। पन्जाबका कार्यवाहक कप्तान साम करनले ३ र कागिसो राबडाले २ विकेट लिए।

यो जितपछि ५ खेलमा ६ अंक जोडेको पन्जाब चौथो स्थानमा उक्लेको छ । ५ खेलबाट नै ६ अंक रहेको लखनउ राम्रो रनरेटका आधारमा दोस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *