उद्योग वाणिज्यका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हाले {भिडियो}
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हालेका छन् । काठमाडौंको टेकुस्थीत महासंघको कार्यालयमा पुगेर ढकालले पदभार सम्हालेका हुन् । सो क्रममा ढकाललाई महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले कार्यभार हस्तान्तरण गरेका थिए । पदभार ग्रहणपछि अध्यक्ष ढकालले आफ्नो कार्यकालमा विशेष गरी पाँच वटा विषयलाई प्राथमिकतामा राखेको बताए।
उनले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्ने बताएका छन् । त्यस्तै राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्दै मुलुकमा लगानीको वातावरण बनाउन पहल गर्ने उनले बताए । ढकालले दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादा क्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्न दवाव दिने धारणा राखेका छन् ।
त्यस्तै महासंघका निवर्तमान अध्यक्ष गोल्छाले आफुले नयाँ अध्यक्षलाई सदैव साथ र समर्थन रहने बताए । उनले विधान अनुसार महासंघ चलेको र निर्वाचनबाट आएका कार्यसमिति सदस्यहरुले अहिलेको चूनौतिलाई समाधानका लागि पहल गर्नेमा विश्वास व्यक्त गरे।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७ औं साधारणसभा मार्फत ढकाल २० औं अध्यक्षमा निर्वाचित भएका हुन् ।
हेर्नुहोस् भिडियो:
Facebook Comment