भारतीय मिसाइल र बममा रविना टण्डनको नाम

डिसी नेपाल
४ वैशाख २०८० ९:०५

मुम्बई। सामान्तया फिल्ममा कुनै रुखलाई मायाको निशानीको रुपमा देखाइन्छ त कहिले भित्तालाई मायाको शब्दले भिजाइएको रुपमा प्रस्तुत गरिन्छ।

यस्ता दृश्य देशका हरेक सहरका कुनाकुनामा देखिन्छन्, जहाँ प्रेममा डुबेका जोडीहरु यस्ता किस्सा सुनेर रमाइलो मान्छन्। तर यदि कुनै अभिनेत्रीको नाम बम र मिसाइलमै लेखियो र ती हतियार उसको विपक्षी देशलाई सप्रेम भेट उपहारका रुपमा दिइँदा त्यो हतियार निकै घातक साबित हुन्छ। बलिउड अभिनेत्री रविना टण्डनको जिन्दगीमा पनि यस्तै एउटा रोचक किस्सा बलिउडमा अहिले पनि सुनिन्छ।

यो किस्सा कारगिल युद्धको हो । भारत र पाकिस्तानको यो युद्ध भइरहँदा त्यसबेला भारतीय मिसाईल र बम निकै लोकप्रिय थिए। किनकी ती मिसाईल र बममा अभिनेत्री रविना टण्डनको नाम लेखिएको थियो।

९० को दशकमा रविना बलिउडकी लोकप्रिय अभिनेत्री थिइन्। उनको सुन्दरताबाट पाकिस्तानी तत्कालीन प्रधानमन्त्री नवाज शरीफ पनि फिदा थिए। उनले सार्वजनिक रुपमा नै रविनाको सुन्दरताको बयान गर्थे। एक अन्तरवार्तामा त उनले रबिना आफूलाई मनपर्ने अभिनेत्री रहेको नै बताएका थिए।

सन् १९९९ मा जब कारगिल युद्ध शुरु भयो, त्यो बेला पाकिस्तानका प्रधानमन्त्री शरीफ आफ्नो नीति अनुसार भारतलाई निशाना बनाइरहेका थिए। त्यही बेला भारतीय सेनाले नवाजलाई आफ्नै शैलीमा जवाफ दिए।

उनीहरुले आफ्नो बम र मिसाइलमा रविनाको नाम लेखेर ‘रविना टण्डनको तर्फबाट नवाज शरीफलाई उपहार’ भन्दै मिसाईल र बम पठाएका थिए। त्यो तस्वीर उसबेला निकै भाइरल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *