‘पुष्पा २’मा किन केटी बने अल्लू ?
मुम्बई। साउथ अभिनेता अल्लू अर्जुनले आफ्नो जन्मदिन अघिमात्र फिल्म ‘पुष्पा २’ को टिजर र पोस्टरले धमाका मच्चाएका थिए।
अल्लूका फ्यानका लागि यो निकै खुशीको कुरा थियो। अल्लूलाई पोस्टरमा फरक रुपमा देखिएपछि सबै चकित परे। साडीसँगै निधारमा ठूलो टिका र गलामा मुण्डको स्थानमा निबूको माला लगाएको अल्लू देख्दा फ्यान दुःखी हुने कुरै थिएन।
अहिले अल्लूलाई यो लुक्समा किन देखाइयो भन्ने चर्चा र चासो उत्तिकै छ। तिरुपतिको लोकप्रिय लोक अनुष्ठान गंगम्मा तल्ली जतारामा सहभागी हुन जाने पुरुषलाई महिला रुपमा तयार पारिन्छ। यो चाँड मेको आसपास एक हप्ताका लागि मनाइन्छ।
यो पर्वको अन्तिम दिन पुरुषलाई महिलाको रुपमा तयार पारिन्छ र उनीहरुलाई गंगम्माको रुपमा देखाइन्छ। जो खराब कुरालाई नष्ट गर्नका लागि चिनिन्छन्। निर्देशक सुकुमारले यो पर्वलाई एक ठूलो एक्सन सिक्वेन्स विकसित गर्नका लागि एक पृष्ठभूमिका रुपमा यो पर्वलाई लिएको अनुमान गरिएको छ।
फिल्म सन् २०२३ को अन्त्य या सन् २०२४ को सुरुवातमा रिलिज गर्ने निर्माण पक्षको तयारी छ। फिल्ममाथि अहिले पनि काम चलिरहेको छ। फिल्ममा रश्मिका र फहल फासिलको पनि अभिनय छ।
Facebook Comment