थ्री स्टार र चर्च ब्वाइजले अंक बाँडे, फ्रेन्ड्सले हिमालयनलाई ६–० गोलले हरायो

डिसी नेपाल
४ वैशाख २०८० १८:४२

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेको छ ।

सोमबार ललितपुरको च्यासल मैदानमा गोलरहित बराबरी खेल्दै थ्री स्टार र चर्च ब्वाइजले अंक बाडेका छन् । यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजले १५ अंक जोडेको छ ।

त्यस्तै सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई ६–० गोल अन्तरले पराजित गरेको छ । फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे । अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक एक गोल गरे । जितगसंगै फ्रेन्ड्सले ८ अंक जोडेको छ । हिमालयनको ९ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *