आजको मौसमः तुवाँलो, हावाहुरी र बर्षाको सम्भावना थप सामग्री

डिसी नेपाल
५ वैशाख २०८० ६:२४

काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *