एसीसी प्रिमियर कपः नेपालले फिल्डिङ गर्दै
काठमाडौं । आजदेखि सुरु हुने एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा पहिलो खेलमा नेपाल र मलेसिया भिड्दैछन् ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेलमा नेपालले फिल्डिङको निम्तो पाएको छ । मलेसियाले टस जितेर ब्याटिङ रोजेको हो ।
नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल, करन केसी र प्रतिश जिसीलाई बाहिर राखेको छ ।
सो खेलको समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन ।
पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ । मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग भिडनेछ ।
यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुनेछ ।
नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।
सो खेलको सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।
नेपाली टिमः रोहित कुमार पौडेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भिम शार्की, सन्दीप लामिछाने, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा
Facebook Comment