रुपन्देहीमा गोली चलेको आशङ्का, प्रहरीद्वारा अनुसन्धान

डिसी नेपाल
६ वैशाख २०८० २१:५६

भैरहवा। आज साँझ रुपन्देहीको अमवामा गोली चलेको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घाइतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ छ।

रुपन्देहीको सियारी गाउँपालिका–३ रगरगञ्जका १९ वर्षीय वीरेन्द्र केवटले आफूमाथि गोली प्रहार भएको बताएका छन्। रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाँस काट्न गएको मौका पारी अज्ञात व्यक्तिले केवटको मोबाइल खोस्न खोजेका थिए।

“मोबाइल खोसाखोस हँुदा केवट सामान्य घाइते हुनुभएको छ, उहाँ उपचारपछि अहिले घर फर्किसक्नुभएको छ”, अर्यालले भने, “घटनास्थलमा गोली चलेको कुनै अवशेष देखिँदैन, सम्भवतः नक्कली बन्दुक देखाएर तर्साएको हुनुपर्छ । यसबारे हामीले अनुसन्धान सुरु गरेका छौँ।”

प्रहरीलाई घटनाबारे ६ः३० बजे मात्र खबर भएको अर्यालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *