९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापामा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–५ बस्ने ४१ वर्षीय उद्धव तामाङ रहेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ललाई फकाई आफ्नै घरमा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment