विषालु सर्पको डसाईबाट सिरहामा बालकको मृत्यु

डिसी नेपाल
८ वैशाख २०८० १०:२८

सिरहा। विषालु सर्पले डस्दा सिरहामा एक बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो।

सर्पको टोकाइबाट सिकिस्त बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कन्जरवामा लगिएको र उपचारको क्रममा उनको त्यही मृत्यु भएको हो।

सो अघि बालकलाई चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गणमा लगे पनि त्यहाँ उपचार सम्भव नभए पछि फूलवारी अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *