एनआरटीले एपीएफलाई हरायो, पुलिस र आर्मीले अंक बाँडे

डिसी नेपाल
८ वैशाख २०८० २०:१८

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिमले एपीएफ फुटबल क्लबलाई पराजित गरेको छ ।

शुक्रबार च्यासल मैदानमा भएको खेलमा न्युरोडले एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो । न्युरोडका लागि एकमात्र निर्णायक गोल सञ्जीव विष्टले गरेका थिए । जितसंगै न्युरोड टीम १३ अंकका साथ तालिकाको १० औ स्थानमा छ भने एपिएफ १४ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ ।

त्यस्तै शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मीले गोलरहीत बराबरी खेल्दै अंक बाडेका छन् । बराबरीसंगै पुलिस ६ अंकका साथ तालिकाको पुछारमा रहेको छ भने आर्मी १६ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *