उपनिर्वाचन : तीन वटा निर्वाचन क्षेत्रमा यसरी भइरहेको छ मतदान (फोटोफिचर)
काठमाडौं। उपनिर्वाचनका लागि आज मतदान भइरहेकाे छ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे सुरू भएकाे मतदान साँझ ५ बजेसम्म चल्नेछ। बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन भइहरेकाे छ।
चितवन-२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन् भने नेकपा एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएकाे छ।
यसैगरी बारा-२ बाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहुँ-१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।
बारा-२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् भने तनहुँ-१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ।
सबै तस्वीर रासस
Facebook Comment