कर्णालीका मुख्यमन्त्रीले शुक्रबार तेस्रो पटक विश्वासको मत लिने
सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिने भएका छन्। नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले आगामी शुक्रबार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री शर्माले त्यसका लागि गत आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रायोजनका लागि पत्र दर्ता गराएका छन्। प्रदेश सभाका सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन पत्र दर्ता गराएका हुन्।
शर्माले यसअघि दुईपटक विश्वासको मत लिइसकेका छन्। ६ माघमा एमालेको समर्थनमा पहिलोपटक विश्वासको मत लिएका शर्माले १७ चैतमा राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रोपटक संसदसमक्ष विश्वासको मत लिएका थिए।
प्रतिक्रिया
Facebook Comment