फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको थियो
काठमाडौं। फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो। विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो।
फ्लाई दुबईको एफजेड ५७६विमानमा चरा ठोक्किएपछि आगो देखिएको फ्लाई दुबईका प्रवक्तालाई उदृत गर्दै त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।
काठमाडौँ विमानस्थलबाट उडेको केहीबेरमै जहाजको इञ्जिनमा समस्या आएपछि धादिङको धार्केमाथिको आकाश ९२१ हजार फिटमाथि० मा पाँचदेखि सात मिनेट होल्ड गराइएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो। विमानस्थलको टावरका एटीसीले विमानचालक ९पाइलट० सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताए।
जहाजको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र अहिले दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले जहाज गन्तव्यमै सामान्यरूपमा अवतरण हुने विमानस्थलले उल्लेख गरेको छ।
उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ। करिब एक घण्टा उडान स्थगित गरिएको थियो।
Facebook Comment