‘सनक’का लागि गायक बादशाहले माफी मागे, के हो पूरा मामिला ?

डिसी नेपाल
१२ वैशाख २०८० ११:३९

काठमाडौं । र्याप गायक बादशाहले आफ्नो गीत ‘सनक’का लागि माफी मागेका छन् । उनले इन्स्टाग्राममा लेखेको पोष्टमा आफूले अनजानमा कसैलाई चोट पुर्याउने सोच्न पनि नसक्ने बताएका छन् ।

उनको यो गीतलाई लिएर विवाद बढ्दै गएको छ । बादशाहले आफ्ना गीतमा सधैं संवेदनशील हुने प्रयास गर्ने बताए ।

एक महिनाअघि रिलिज भएको ‘सनक’ गीतलाई बादशाहको युट्युब च्यानलमा २२ लाखभन्दा बढी पटक हेरिएको छ ।

समाचार एजेन्सी एएनएआईका अनुसार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरका पुजारीले यस गीतका केही शब्दलाई लिएर आपत्ति जनाएका थिए ।

र्‍यापरले आफूले गीतमा परिवर्तन गर्दै नयाँ संस्करण सबै डिजिटल प्लेटफर्ममा राखेको बताए । यो परिवर्तन च्यानलमा आउन समय लाग्न सक्ने गायक बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *