मनमोहन अधिकारीको स्मृति दिवसमा बिभिन्न कार्यक्रमको आयोजना(भिडियो)
काठमाडौं । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बुधबार ललितपुरको सानेपामा आयोजित कार्यक्रममा अधिकारीको शालिकमा माल्यार्पण गर्नुका साथै र उनका विचार र योगदानको स्मरण गरिएको थियो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेल, पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगाएतले अधिकारीको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनीप्रति सम्मान प्रकट गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको राजनीतिमा दुई ध्रुव देखापरेको र एमालेले राजनीति स्थायीत्वको कुरा गर्ने गरेको बताए । अर्को पक्ष सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धनका रुपमा रहेको उहाले बताउनुभयो । पोखरेलले गठबन्धनले मुलुकलाई गलत दिशातर्फ लैजाने काम गरिरहेको आरोप लगाएका छन् ।
विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको सरकारको पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम, ‘आफ्नो गाउँ, आफैं बनाउँ’र ‘नौ स’को अभियानजस्ता अभियान सुरु गरेका थिए। अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।
हेर्नुहोस् भिडियो:
Facebook Comment