सोफा उत्पादक संघको ११ सदस्यीय कार्यसमिति चयन, अध्यक्षमा धरेल

डिसी नेपाल
१७ वैशाख २०८० ११:०७

काठमाडौं । सोफा उत्पादक संघको शनिबार प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा उनले सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नुपर्ने बताएका छन्।

उनले सोफा उत्पादनको क्षेत्रमा संस्थाले गरेको योगदानको चर्चा गर्दै स्वदेशी उत्पादनमा प्रदेश सरकारले योगदान गर्ने बताए । कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री लामाले स्वदेशी उत्पादनको प्रबर्धनले आर्थिक विकासमा टेवा पुर्याउने बताउँदै सरकारले आवश्यक पर्ने जनशक्ति निर्माणका तालिम दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “नेपालमा सोफा भित्र्याउने परिपाटी अन्त्यका लागि स्वदेशमा उत्पादन भएको सोफालाई प्रोत्साहित गर्नुपर्छ । स्वदेशी उत्पादनलाई प्रबर्धन गर्न बागमती प्रदेश सरकार तयार छ ।”

शनिबार सम्पन्न प्रारम्भिक साधारणसभाले सोफा उत्पादक संघको नयाँ कार्यसमिति चयन गरेको छ । सोफा हव काठमाडौँका प्रोपाइटर तारालाल धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा सुरेश अम्गाई, कोषाध्यक्षमा दीपेन्द्र धरेल, सदस्यमा सुजन ढकाल, मनोज साउडी, रेमन नेपाली, मोहन दनाई, पुरन मगर, ज्ञानेन्द्र धरेल र सत्यन देवकोटा रहेका छन्।

कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेता वासुदेव तिमल्सिना र राजन बुर्लाकोटीले स्वदेशी उत्पादनलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *