इरानका राष्ट्रपतिले मध्यपूर्वमा अमेरिकाको उपस्थितिमाथि प्रश्न उठाए
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीले मध्यपूर्वमा अमेरिकाको उपस्थितिको कडा निन्दा गरेका छन् ।
इराकी राष्ट्रपति अब्दुल लतिफ रसिदसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले अमेरिकाले यस क्षेत्रको स्थायित्वमा बाधा पुर्याउने बताए ।
अमेरिकाको पाँचौं बेडा बहराइनमा छ र करिब ९०० अमेरिकी सैनिक सिरियामा छन् ।
अमेरिका र उसका सहयोगीहरूले इरानले सिरिया र यमनका विद्रोही मिलिशिया समूहहरूलाई हतियार उपलब्ध गराएको आरोप लगाएका छन्।
यसैबीच इजरायलले इरानको छिमेकी राष्ट्र तुर्कमेनिस्तानको राजधानी अस्काबादमा आफ्नो दूतावास खोल्ने भएको छ । यो सहर इरानको सिमानाबाट मात्र २० किलोमिटर टाढा अवस्थित छ।
इजरायलले इरानका छिमेकी देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउने प्रयास गरिरहेको छ ।
इजरायलले पनि अजरबैजानसँगको सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ ।
Facebook Comment